



काठमाडौं, कार्तिक ११–
चर्चित हास्य कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजुरेल आफैले सामाजिक संजाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।
यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो ।
उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् ।