जोडिनुहोस
  • होमपेज
  • विश्व पोलियो दिवसमा रोटरीको साईकल र्‍याली

विश्व पोलियो दिवसमा रोटरीको साईकल र्‍याली

चितवन, कार्तिक ८–

२४ अक्टोबर अर्थात् आज विश्व पोलियो दिवस । यस दिवसको अवसर पारेर आज (शनिबार) चितवन, गैंडाकोट र कावासोतीस्थित रोटरी क्लबहरूले संयुक्त रूपमा जनचेतनामूलक साइकल र्‍याली सम्पन्न गरेका छन् ।

रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् २०१० को अगस्ट १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ । प्राण घातक पोलियो रोगले प्रायः पॅाच वर्ष मुनिका बालबालिकाहरूलाई असर गर्दछ । साइकल र्‍याली नारायणगढको लायन्स चोकबाट शुरू भई सिनर्जी रोड , बाईपास रोड, जिल्ला प्रशासन कार्यलय, चौबिसकोठी, कृष्णपुर, धर्म चौक हुँदै सहिद चोक, मिलन रोड हुँदै लिलाचोक, मेनरोडबाट उद्योग बाणिज्य संघ चितवनको परिसरमा पुगेर समापन भएको थियो ।

नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक निरञ्जन प्रधानले संचालन गरेको कार्यक्रममा रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रबिन्द्र कुमार पियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा पोलियोप्लस् सब–कमिटी चेयर शरद गोपाल न्याच्छों बाट प्राप्त शुभ कामना सन्देश पढेर सुनाईएको थियो भने जोन २३ का एसिष्टेन्ट गभर्नर रोटरीयन प्रेम कृष्ण खनाल रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया, रत्ननगरका अध्यक्ष शिवराज उप्रेती, नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठ, नारायणी मिड टाउनका अध्यक्ष यामनाथ शर्मा, भरतपुरका अध्यक्ष डा. रेबन्त कुमार भट्टराई, गैंडाकोटका अध्यक्ष शंकर प्रसाद घिमिरे, कावासोतीका अध्यक्ष भोजराज दाहाल, डिष्ट्रिक्ट अफिसियलहरूमा कम्यूनिटी सर्भिस कमिटी चेयर उत्तम लाल चुके, पोलियोप्लस सबकमिटी सदस्य हरीप्रसाद सुबेदी लगायत पूर्व अध्यक्षहरू तथा सदस्यहरूका साथै चितवन राइडर्स क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका