जोडिनुहोस
  • होमपेज
  • चितवनका प्रिन्सको यस्तो छ सन्देशमुलक गीत…

चितवनका प्रिन्सको यस्तो छ सन्देशमुलक गीत…

चितवन, कार्तिक ८–

चितवनका बाल गायक हुन् प्रिन्स सिलवाल । विभिन्न प्रकारका गीत गाएर चर्चामा आएका यी बालक गायक प्रिन्स फेरि अर्को गीत निकालेर चर्चामा छन् । उनले यसपटक रमाइलो मात्रै होइन सन्देशमूलक गीत ल्याएका छन् । ‘ट्राफिक हाम्रै साथी’ बोलको उक्त गीत हालै सार्वजनिक गरिएको छ ।

उक्त गीतमा जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न अनुरोध गरिएको छ। नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा गीतमा जोड दिइएको छ।

यस गीतको भिडियोमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ। अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल छन्।

डा.हरिप्रसाद सिलवाल, प्रमिला सुवेदिको शब्द रहेको गीतमा प्रेम घिमिरेको संगीत रहेको छ भने गीतलाई दिनेश न्यौपानेले एरेन्ज गरेका छन् । रमेश पाठकको निर्देशन र नबीनबाबु गुरुङको छायाँकन रहेको यस गीत काठमाडौको माइतीघर, बानेश्वर, शंखमूल, पुतलीसडक लगायत विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका