होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • विराटनगरमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

विराटनगरमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

मोरङ, कात्तिक ८–

विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो ।

दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका