जोडिनुहोस
  • होमपेज
  • मुम्बई १० विकेटले विजयी, चेन्नाई आइपीएलबाट बाहिरियो

मुम्बई १० विकेटले विजयी, चेन्नाई आइपीएलबाट बाहिरियो

काठमाडौं, कार्तिक ८–

साविक विजेता मुम्बई इण्डियन्सले उपविजेता चेन्नाई सुपरकिंग्सलाई १० विकेटले पराजित गरेको छ । गयराति सम्पन्न खेलमा चेन्नाईले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिना विकेट ११६ रन बनाउँदै जित हासिल गर्‍यो ।

आइपीएलको इतिहासमा चेन्नाई पहिलोपटक १० विकेटले पराजित भएको हो । तीन पटकको च्याम्पियन चेन्नाई पहिलोपटक नै प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम समेत बनेको छ ।

मुम्बईका लागि इसान किसनले ६८ रनको अविजिति अर्धशतकिय पारी खेले भने क्वेन्टन डिककले ४६ रनको अविजित पारि खेले ।
यसअघि पहिले व्याटिङ गरेको चेन्नाई ९ विकेटको क्षतिमा ११४ रन मात्रै जोड्न सकेको थियो । चेन्नाईलाई एक सय रन पार गराउन श्याम करनले ५२ रनको अर्धशतकिय पारी खेले । चेन्नाईले सुरुवाती पावर प्लेमै मात्र २१ रन जोड्दा ५ विकेट गुमाई सकेको थियो । ३० रनको अवस्थामा कप्तान महेन्द्र सिंह धोनी १६ रनमा आउट भएपछि चेन्नाई झनै कमजोर बनेको थियो ।

मुम्बईको जितसंगै प्लेअफ दौड झनै रोचक बनेको छ । उत्कृष्ट रनरेटका साथ १४ अंक बटुल्दै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान अंक रहेको दिल्ली दोस्रो र बैंङलोर तेस्रो स्थानमा रहेको छ । यस्तै १० अंकका साथ कोलकत्ता चौथो स्थानमा छ भने ८ अंकका साथ हैदराबाद पाँचौ र पञ्जाब छैटौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका