जोडिनुहोस
  • होमपेज
  • आउँदो वर्षको मध्यसम्मै कोरोना भाइरससँगको युद्ध जारी रहन्छ

आउँदो वर्षको मध्यसम्मै कोरोना भाइरससँगको युद्ध जारी रहन्छ

एजेन्सी,कार्तिक ८-

भिभाडबाट धेरै व्यक्तिले आफूलाई संक्रमण भएको थाहा नभई अरुलाई सार्ने गरेको वैज्ञानिकहरुले बताएका छन् । यसलाई रोक्नका लागि भौतिक दूरी तथा मास्क लगाउनु पर्ने उनीहरुको भनाई छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आफ्नो देशले आउँदो वर्षको मध्यसम्म पनि कोरोना भाइरससँग लड्नु पर्ने बताएका छन् । फ्रान्समा अहिले फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । शुक्रबार एकै दिन ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भयो भने २९८ जनाको कोभिड–१९ का कारण निधन भयो । फ्रान्समा कोरोना संक्रमितको १० लाख ८४ हजार भन्दा धेरै रहेको छ ।

फ्रान्ससहित युरोपका रुस, पोल्याण्ड, इटाली र स्वीट्जरल्याण्डसहितका देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपका देशमा संक्रमण बढ्दै जाँदा कोरोना भाइरसविरुद्धको युद्ध संकटपूर्ण बन्दै गएको छ ।युरोपमा पछिल्ला १० दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका