जोडिनुहोस
  • होमपेज
  • चितवनका गायक प्यासीको दसैँतिहार गीत सार्वजनिक

चितवनका गायक प्यासीको दसैँतिहार गीत सार्वजनिक

चितवन, कात्तिक ५

चितवनका गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत यसपालीको दसैँतिहार’ को भिडियो सार्वजनिक भएको छ ।

कोरोनाले गर्दा गरिबलाई दसैँतिहार मनाउन निकै गाहे रहेकोे कथा गीतमा प्रस्तुत गरिएको छ । राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ । गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गर्नुभएको हो ।

गीतको भिडियोमा राम नेपाल, भुवन प्यासी, लक्ष्मण नेपाल, प्रकृति लामिछाने, रेबिका गिरी र अवी खनालको अभिनय रहेको छ । भिडियो गायक प्यासीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

राम नेपालको निर्देशन र सम्पादन रहेको गीतलाई सन्तोष सुनारले छायांकन गर्नुभएको हो । भिडियोमा मुक्ति कँडेलले ड्रोन चलाउनु भएको छ । भिडियोलाई कोमलचन्द्र भगतले निर्माण गर्नु भएको हो । गायक भुवन प्यासीले यस अघि ‘हे बरै’, ‘माईली’ ‘हल्का हल्का’, ‘ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा ल्याइसक्नु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका