जोडिनुहोस
  • होमपेज
  • अञ्जुपन्तको नयाँ गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक

अञ्जुपन्तको नयाँ गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक

चितवन, कात्तिक ४-

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ ।

पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाउनु भएको छ ।  हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर गायक तथा संगीतकार डिबी खड्काले यस गीतमा पनि केही नौलो शैली दिने कोसिस गर्नुभएको छ । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतमा संगीत एरेन्ज देबेन्द्र नेवाले गर्नु भएको हो ।

गीतको भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गर्नु भएको हो । गीतको शब्द तथा संगीतमा आफूले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताउनु भयो । ‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छ’ खड्काले थप्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका