जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
मङ्लबार, कार्तिक ११, २०७७
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • चितवनमा थप १ सय २ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ३३ सय नाघ्यो

चितवनमा थप १ सय २ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ३३ सय नाघ्यो

चितवन,कार्तिक २-

चितवनमा थप ५६ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४९ सहित ५६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै चितवनका संक्रमितको संख्या ३३ सय १७ पुगेको छ ।

४ सय ३१ नमुना परीक्षण गरिएकोमा ३ सय ७५ जनाको कारोना नेगेटिभ आएको छ । जसमध्य भरतपुर महानगरपालिकाका १८ पुरुष र १६ महिला,राप्ती नगरपालिकाका ३ महिला,खैरहनी नगरपालिकाका २ पुरुष,१ महिला, रत्ननगर नगरपालिकाका २ पुरुष ३ महिला,कालिका नगरपालिकाका १ पुरुष र इच्छाकामना गाँउपालिकाका ३ पुरुष रहेका छन । यस्तै नवलपरासीका १ पुरुष १ महिला र पर्साका ४ पुरुष १ महिलाको संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरका विभिन्न अस्पताल र क्वारेन्टिनबाट श्वाब संकलन गरिएको थियो ।

यस्तै बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ मोलिक्यूलर ल्याबमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य चितवनका मात्रै ३४ जना रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका