जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
मङ्लबार, कार्तिक ११, २०७७
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • भट्टराईको पहिलो पुस्तक ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक

भट्टराईको पहिलो पुस्तक ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक

चितवन, कार्तिक २–

निप्पोन एजुकेशनल सेन्टर चितवनका प्रमुख दीपकचन्द्र भट्टराईको पहिलो पुस्तक ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक भएको छ ।

जापानिज भाषा सिक्न चाहने सबैका लागि उपयोगी पुस्तक ‘वाकारि यासुइ निहोनगो’ कोरोना भाइरसका कारण ढिलो गरी प्रकाशन भएको हो । जापानिज भाषा सिक्न चाहनेका लागि यो पुस्तक लेखिएको लेखक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोनाका कारण केही ढिलो गरी पुस्तक बजारमा ल्याएको छु, यस पुस्तकले घरमै बसेर पनि जापानिज भाषा सरल रुपमा सिक्न सक्नेछन् ।’

प्रथम संस्करणको यस पुस्तक चितवनसंगै नवलपरासीलगायतका जिल्लाहरुमा पुगि सकेको छ । भरतपुर महानगरपालिका–४ निवासी भट्टराई जापानिज भाषामा डिप्लोमा गर्नुभएको छ । उहाँ झण्डै ६ वर्ष जापानमा बसेर अध्ययन गर्नुभयो । उहाँले जापानमै २ वर्ष अँग्रेजी विषयमा विशेषज्ञाता हासिल गर्नुभएको छ । उहाँले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट व्याचलर डिग्री समेत हासिल गर्नुभएको छ । उहाँलाई जापानकै वाईआरएससी कोग्या कम्पनीमा काम गरेको अनुभव छ भने सन् २०१० देखि निप्पोन एजुकेशन सेन्टरमा अनुवादकको रुपमा कार्यरत हुनुहुन्छ ।

लेखक भट्टराईले बजारमा हालसम्म उपलब्ध भाषा सम्बन्धी पुस्तकहरुमा देखिएको अभावलाई समेट्ने गरी आफ्नो १५ वर्षको जापानिज भाषा अध्ययन तथा अध्यापन अनुभवलाई समेत संगालेर पुस्तक नै बजारमा ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । विशेष गरी जापानमा गएर अध्ययन गर्ने विद्यार्थीहरु तथा काम गर्ने व्यक्तिहरुको लागि यो पुस्तक अत्यन्तै उपयोगी बन्ने उहाँको भनाइ छ । लेखक भट्टराईले छिट्टै यस पुस्तकको दोस्रो संस्करण समेत बजारमा ल्याइने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका