होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • कोरोनाले गर्दा राक्सिरागं गाउँपालिकामा २५ प्रतिशत मात्र काम

कोरोनाले गर्दा राक्सिरागं गाउँपालिकामा २५ प्रतिशत मात्र काम

मकवानपुर, कातिक २-

विश्वव्यापीरूपमा फैलिएको कोरोनाको प्रकोपका कारण लकडाउन र निषेधाज्ञाका कारण जिल्लाको राक्सिरागं गाउँपालिकाले तीनमहिनामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममध्ये २० देखि २५ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

कोरोना सङ्क्रमणको नियन्त्रण तथा केही भौतिक पूर्वाधार विस्तारको काम सम्पन्न भएको र केही निर्माणका क्रममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार भत्किएका सडक मर्मत र नयाँ सडक निर्माणका साथै गाउँपालिकाको प्रशासनिक भवन निर्माण, चेपाङ्ग सङ्ग्राहालय स्थापनार्थ भवन निर्माणलगायत काम हो ।
गाउँपालिकाले उपभोक्ता समितिमार्फत कोरोना अस्पताल निर्माणको काम गरिरहेको र छिटै सम्पन्न हुने बताएको छ ।गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सुरक्षाका सामाग्री वितरण र सम्भावित सङ्क्रमितलाई सावधानी अपनाउन पहल गर्ने र उनीहरूलाई आइसोलेशन कक्षमा राखेर उपचारात्मक कार्य गर्दै आएको जनाएको छ । उक्त गाउँपालिकाले एकल महिला,बालबालिका र सुत्केरीका लागि पनि उल्लेखनीय कार्य गर्दै आएको आयमुलक तालिम पनि सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका