जोडिनुहोस
  • होमपेज
  • मगर चलचित्र ‘मिर्ही’ प्रदर्शनको तयारीमा

मगर चलचित्र ‘मिर्ही’ प्रदर्शनको तयारीमा

चितवन, कात्तिक २-

प्रदर्शनको तयारीमा रहेको मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिर्ही’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ ।

चितवनका सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय रहेको गीत शनिबार साँझ मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

देवराज आलेमगर र तारा श्रीषमगरको आवाज, राजु थापामगरको शब्द र देवराज आलेमगरको संगीतमा तयार भएको गीतको भिडियोलाइै गोविन्द पुनमगरको निर्देशन गर्नुभएको हो । पोखरा आसपासको क्षेत्रमा छायांकन गरिएको उक्त गीतमा रमेश र सनम एकापसमा बाँधिनु भएको छ ।

अमृता रानामगर, प्रेमकुमारी आलेमगर, देवेन्द्र रानामगरले निर्माण गरेको चलचित्रमा अधिकांश कलाकारले डेब्यू गर्नु भएको छ । चलचित्रमा नायकको रूपमा उदाउनु भएको रमेश रानामगर स्वयंले पनि यही चलचित्रबाट आफूलाई नायक तथा निर्देशकको रूपमा दर्शकमाझ उभ्याउने प्रयास गर्नुभएको छ । ईश्वर रानामगर, प्रिज्मा आलेमगर, आशिक रानामगर, स्रष्टी थापामगरलगायतका कलाकारले पहिलोपटक चलचित्रको पर्दामा आफूलाई उभ्याउनु भएको छ । साथमा प्रेमकुमारी थापामगर, देवी आलेमगर, भीमबहादुर थापामगर, मिलन पाटामगर, बलबिक्रम थापामगरलगायतले अभिनय गर्नुभएको छ ।

रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन तथा सम्पादन भने घना गुरूङले गर्नुभएको छ । अधिकांश दृश्य तनहुँको आँबुखैरेनीस्थित रानागाउँमा कैद गरिएको चलचित्रमा कास्की र चितवनका पनि केही स्थानका दृश्य देख्न सकिन्छ । चलचित्रमा पहिलो प्रयास भए पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ । प्रदर्शनको तयारीमा रहे पनि कोरोना कहरका कारण प्रदर्शन गर्न नसकिएको चलचित्रका नायक तथा व्यवस्थापक ईश्वर रानामगरले बताउनु भयो । ‘फिल्म हलहरू खुलेसँगै हामी चलचित्र प्रदर्शन गरिहाल्छौँ,’ उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका