जोडिनुहोस
  • होमपेज
  • इजरायलमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, विदेशमा ज्यान गुमाउनेको संख्या २८३ पुग्यो

इजरायलमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, विदेशमा ज्यान गुमाउनेको संख्या २८३ पुग्यो

लण्डन, कात्तिक २-

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप एक जना नेपालीको संक्रमणबाट निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४२ हजार १०० जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ९१ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र एक लाख २९ हजार ३०४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ८९ हजार ८४० जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७२७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपालसहित विश्वभर एक लाख ७१ हजार ४०४ जना कोरोना संक्रमण देखिएको छ भने ती मध्ये एक लाख २८ हजार ४८६ जना संक्रमण मुक्त भएका छन् । विश्वभर संक्रमित नेपाली मध्ये ७४ प्रतिशत कोरोना मुक्त भएका छन् । नेपाल सहित विश्वभर एक हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका