जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • चेन्नाईविरुद्ध दिल्लीको रोमाञ्चक जित, फेरि उक्लियो शीर्ष स्थानमा

चेन्नाईविरुद्ध दिल्लीको रोमाञ्चक जित, फेरि उक्लियो शीर्ष स्थानमा

काठमाडौं, कार्तिक १–

जारी इण्डियन प्रीमियर लीग (आइपीएल)मा चेन्नाई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटल्सले ५ विकेटको रोमाञ्चक जित हात पारेको छ । सारजाहमा शनिबार राति भएको खेलमा एक बल अगावै दिल्लीले ५ विकेटको जित हात पारेको हो ।

दिल्लीलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । ब्राभो घाइते भएपछि अन्तिम ओभर गर्न आएका रविन्द्र जडेजालाई अक्षर पटेलले ३ छक्का प्रहार गर्दै जित दिलाए । दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरेका अक्षरले चौथो बलमा २ रन लिए भने पाँचौ बलमा पुनः छक्का प्रहार गर्दै एक बल अगावै दिल्लीलाई जित दिलाए । अक्षरले ५ बलमा २१ रन प्रहार गरे । यस्तै दिल्लीलाई महत्वपूर्ण जित दिलाउन शिखर धवनले १०१ रनको अविजित शतकिय पारी खेले ।

यसअघि पहिले व्याटिङ गरेको चेन्नाईले ४ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । उसका लागि डुप्लेसीसले ५८, अम्बाती रायडुले ४५, शेन वाट्सनले ३६ रन बनाए ।

जितसंगै दिल्ली ९ खेलमा ७ जित निकाल्दै १४ अंकका साथ पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका