जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • शिवनगरका २० विपन्न परिवारलाई खाद्यान्न सहयोग

शिवनगरका २० विपन्न परिवारलाई खाद्यान्न सहयोग

चितवन, कात्तिक १-

लियो क्लब अफ भरतपुर युथले भरतपुर महानगरपालिका–१४ का विपन्न परिवारलाई शनिबार खाद्यान्न सहयोग गरेको छ ।

क्लबले शिवनगरका २० विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामलसहित तेल, नुन, मसला, दाल सहयोग गरेको हो । क्लबले आर्थिक अवस्था निकै दयनीय भएको र घर पनि जीर्ण रहेको स्थानीय लाममाया गुरुङको घर मर्मत, सरसफाइ तथा रंगरोगन पनि गरेको छ ।

भरतपुर महानगरपालिका–१४ की कार्यवाहक वडाध्यक्ष सरस्वती पौडेल भण्डारीले आफ्नो वडामा आएर लियो क्लबले खद्यान्न वितरण गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष सुरज पाठकले कोरोना माहामारीका बेला स्वास्थ्यको प्रवाह नगरी लियो क्लबका भाइबहिनीहरुले सामाजिक काम गर्नु निकै प्रशंसनीय भएको बताउनुभयो ।

लियो क्लब अफ भरतपुर युथका अध्यक्ष एवम् कार्यक्रमका सभापति दिपेश ज्ञवालीले आफूहरुले खाद्यान्न वितरण अभियानअन्र्तगत प्रत्येक हप्ता विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । यसअघि पहिलो चरणमा नारायणगढ र दोस्रो चरणमा माडीमा खाद्यान्न वितरण गरेको बताउँदै उहाँले यस अभियानलाई निरन्तरता दिने नारायणी अनलाइलाई बताउनुभयो । कार्यक्रमकी संयोजक अन्जना जोशीले शिवनगरमा विपन्नहरुको पहिचान गर्न सहयोग पु¥याउने वडा कार्यालय, स्थानीयहरुलाई धन्यवाद दिँदै कार्यक्रमका लागि सहयोग गर्ने दाताहरु प्रति आभार व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका