जोडिनुहोस
  • होमपेज
  • २ वर्षीय बालकसहित चितवनमा थपिए ५५ जना कोरोना संक्रमित

२ वर्षीय बालकसहित चितवनमा थपिए ५५ जना कोरोना संक्रमित

चितवन, असोज ३०–

चितवनमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५१, पाल्पा र रुपन्देहीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा चितवनको राप्ती नगरपालिकाका ९ महिला र ११ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ वर्षीय बालक समेत छन् ।

यस्तै भरतपुर महानगरपालिकाका ९ पुरुष र ८ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २ वर्षीय बालक समेत छन् ।

यस्तै खैरहनी नगरपालिकाका ४ पुरुष र ४ महिला गरी ८ जना, कालिका नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना र रत्ननगर नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पाल्पाका २ पुरुष र १ महिला गरी ३ जना र रुपन्देहीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका