



चितवन असोज २९-
चर्चित गीत तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो सुमधुर गीत ‘गाला पुक्क’ सार्बजनिक भएको छ ।
शैलेश गिरीको शब्दमा चापागाईंले संगीत र स्वर भरेका छन् । गीतको संगीत संयोजन र ध्वनि मिश्रण शार्दुल श्रेष्ठले गरेका हुन् भने भिडियो एनिमेसन र रङ्ग संयोजन ग्रफिक्स सुदिप पाण्डेले गरेका छन् ।
गीत सार्वजनिकको क्रममा गायक तथा संगीतकार चापगाईंले गीत नितान्त प्रमील जोडीको जीवनमा आई पर्ने प्यारो परिस्थितमा आधारित सृजना भएो बताएका छन् ।
उनले धेरै जना स्रोताहरुले यो गीत आफ्नो जीवन सापेक्षित गर्नु हुनेछ भन्ने आफ्नो अपेक्षा रहेको बताए । ‘यो गीतमा मैले करिब तीन वर्ष अगाडी संगीत भरेको र जीवनको पहिलो गीत भएको जानकारी दिए ।
उनले भने ‘फ्युजन शैलीमा पस्किन खोजेको शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने मेरो सानो प्रयास हो। यो प्रयास सबैधारका गीत मनपराउने युवा पिढीलाई मनपर्छ भन्ने विश्वास छ ।