जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • नवलपरासीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

नवलपरासीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

नवलपरासी,असोज २८-

नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका-४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटु रोगीसमेत रहेको डा. गौतमले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका