जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • क्लब हिमालय होटल नगरकोट पुनः सञ्चालनमा

क्लब हिमालय होटल नगरकोट पुनः सञ्चालनमा

चितवन, असोज २७-

कोभिड–१९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ ।

होटलले प्रेषित गरेको विज्ञप्तिमा पाहुनाको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्यसम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरिएकोे छ ।

पुनः सञ्चालनमा आएको अवसरमा आउँदै गरेको चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैयाँ नेट ११ हजार पर्ने मूल्यको यस अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ । जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै दुई गिलास वाइन लगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिने छ । यस योजनामा शर्तहरु भने लागूहुनेछ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिने विज्ञप्तिमा उल्लेख छ । २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४० वर्षको इतिहास भएको क्लब हिमालय यस होटेलको एउटा अंगको रुपमा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका