जोडिनुहोस

Banner

काठमाडौं, असोज २७-

कोरोना संक्रमणबाट मृत्यु हुने जाेखिम विवाहितलाई भन्दा अविवाहितलाई बढी हुने स्विडेनका अनुसन्धानकर्ताले बताएका छन् ।

वैज्ञानिकका अनुसार कोरोना संक्रमण भयाे भने विवाह गरेका व्यक्ति (महिला/पुरुष) का तुलनामा नगरेकालाई मृत्युकाे खतरा डेढ गुणा बढी हुन्छ। अर्को शोधअनुसार अविवाहित व्यक्ति धेरै रोगबाट ग्रस्त हुन्छन्, जसका कारण उनीहरूको मृत्यु दर उच्च छ।

स्विडेनको अनुसन्धानले महिलामा भन्दा पुरुषमा कोरोनाको जोखिम २ गुणा बढी हुने तथ्य पत्ता लगाएको छ । तर पुरुष विवाहित छन् भने जोखिम केही कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।

यो अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ । जसले कोरोनाका कारण मृत्यु हुनेमा अविवाहित पुरुषको संख्या बढी देखाएकाे छ, जसको उमेर २० वर्ष वा यसभन्दा केही बढी थियो ।

एजेन्सिको सहयोगमा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *