जोडिनुहोस
  • होमपेज
  • भरतपुरको पुल्चोक-गोन्द्राङ छ लेन सडकः निर्माण कम्पनीसंग ठेक्का सम्झौता

भरतपुरको पुल्चोक-गोन्द्राङ छ लेन सडकः निर्माण कम्पनीसंग ठेक्का सम्झौता

चितवन,असोज २६-

नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको छ । आज निर्माणको जिम्मा पाएको इण्डो सगुन जेभीसंग सडक डिभिजन कार्यालय भरतपुरले ठेक्का सम्झौता गरेको हो । छिट्टै शिलान्यास गरेर निर्माणको काम अघि बढाउने तयारी गरिएको छ ।

सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट गरिएको थियो । सडक डिभिजन भरतपुर कार्यालयका इन्जीनियर विजय दराइले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ वटा कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताउनुभयो ।

हाल दुईलेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो । सडक सिमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–वुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने इन्जीनियर दराइले बताउनुभयो । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्टाइएको छ । यस्तै छुट्टै टेण्डर मार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ ।

भरतपुर विमानस्थल अगाडीका केही घर सडकको ५० मिटर सीमा परिधिभित्र परेका छन् । महानगरपालिका भित्र हाल आँपटारीदेखी केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरुप नै परिवर्तन हुने उहाँको भनाई छ । “दुई बर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम अघि बढ्छ”,उहाँले भन्नुभयो, “महानगरपालिकाले आफ्नो तर्फबाट सबै काम गरिसकेको छ ।” उहाँले सडक निर्माणमा कुनै समस्या नहुने बताउनुभयो ।

एक प्रतिक्रिया on “भरतपुरको पुल्चोक-गोन्द्राङ छ लेन सडकः निर्माण कम्पनीसंग ठेक्का सम्झौता

  1. ठेकेदार 10,12 बर्ष रमाउने भए,बाइपास रोड कै झैं चौमासिक निकासा हुने बेला 2,4 दिन काम गर्ने मिलिमतोमा चौमासिक सिद्दाउने यो क्रम चौमासिक चौमासिक मा हुने अब अर्को ठेक्का,कमाउने धन्दा,काम सकिन कति जुग जाने हो 😎

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका