जोडिनुहोस
  • होमपेज
  • चितवनमा कोरोनाबाट भरतपुर २० का वडाध्यक्षको मृत्यु

चितवनमा कोरोनाबाट भरतपुर २० का वडाध्यक्षको मृत्यु

चितवन, असोज २५–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आज (आइतबार) विहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि वडाध्यक्ष तामाङलाई असोज २३ गते अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको थियो । कोरोना संक्रमणबाट चितवनमा पहिलोपटक जनप्रतिनिधिको मृत्यु भएको हो ।

यसअघि आइतबार नै चितवनका अर्का एक संक्रमितको मृत्यु भएको थियो । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१ की ७५ वर्षीया महिलाको विहान ५ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

श्वासप्रश्वासको समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी ती महिलामा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई तत्काल कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । चितवनमा शनिबार पनि दुई जना संक्रमितको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका