जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • दिल्लीले राजस्थानलाई ४६ रनले हरायो, उक्लियो शीर्षस्थानमा

दिल्लीले राजस्थानलाई ४६ रनले हरायो, उक्लियो शीर्षस्थानमा

काठमाडौं, असोज २३–

दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । आज (शुक्रबार) राति सकिएको खेलमा पाँचौ जित हासिल गर्दै दिल्ली अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ६ खेलमा ५ जित एक हार व्यहोर्दै १० अंकका साथ दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा अलआउट हुँदै १३८ रन मात्रै जोड्न सक्यो । उसका लागि राहुल तेवाटियाले सर्वाधिक ३८ र यजस्वी जैसवालले ३४ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका लागि कागिसो राबाडाले ३, रविचन्द्र आश्विन र मार्कस स्टोनिसले २/२, अक्षर पटेल, हर्षल पटेल र एनरिच नोरर्खियाले एक/एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । उसका लागि शिमरन हेटमायरले ४५, मार्कस स्टोनिसले ३९, कप्तान श्रेयस एयरले २२ रन बनाए । राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए ।

आज खेलमा पनि नेपाली युवा बलर सन्दिप लामिछानेले मौका पाएनन् । सीपीएल खेलेर सिधै युएई पुगेका सन्दीपले अभ्यासमा मात्रै सामेल हुन पाएका छन् । पहिलो चरणको खेल सकिन एक खेल बाँकी छदा पनि सन्दीपले मौका पाएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका