



काठमाडौं, असोज २१-
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसका संक्रमितको निधन भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।