होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…

काठमाडौँ, असोज २१-

बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको हो ।

गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालकोसमेत सन्देशमूलक अभिनय रहने जनाइएको छ । पोखरेलले नागरिकलाई ट्राफिक सन्देश प्रवाह गर्न श्रव्यदृष्यसहितको गीत उपयुक्त माध्यम भएको बताउनुभयो । महाशाखा प्रमुख ढकालले ट्राफिक सचेतना जागृत गराउन उक्त गीत सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक सन्देशलाई गीतमार्फत यसरी प्रस्तुत गरिएको छ ।

सडक बत्ती हेरिहेरी पाइला उचालौँ
परिएला दुर्घटना जीवन नफालौँ

गीतका निर्देशक रमेश पाठकले मुख्यगरी ट्राफिक नियम पालना गरी सवारी चलाउन र बाटोघाटो काट्न गीतमार्फत अनुरोध गरिएको जानकारी दिनुभयो । गीतमा जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न अनुरोध गरिएको छ । गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिइएको छ ।

बनेका छन् आकासे पुल हेर बाटामाथि
सहयोगी हुनुपर्छ ट्राफिक हाम्रो साथी

छायाङ्कन र उत्पादनको काम सकेर दशैँअघि नै गीत सार्वजनिक गर्ने तयारी भएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिनुभयो । प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्कन रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ । अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल हुनुहुन्छ ।

गत वर्ष दशैँका अवसरमा गायक सिलवालले अभिनेता सरोज खनालको अभिनय रहेको श्रव्यदृष्यसहितको गीत (म्युजिक भिडियो) ‘बाबा’ बजारमा ल्याउनुभएको थियो । त्यसअघि उहाँले ‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ बोलको गीत बजारमा ल्याउनुभएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका