जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • साहित्यकारहरु भन्छन्: नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ

साहित्यकारहरु भन्छन्: नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ

भरतपुर, असोज १७-

साहित्यकारले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएका छन् ।

कालिका एफएमको १८ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा सहभागी साहित्यकारले नेपाली साहित्यलाई विस्तार गर्नुपर्ने औल्याएका हुन् । भर्चुअलरुपमा गरिएको कार्यक्रममा नेपालसहितका भारत, जापान, बेलायतलगायतका देशका नेपाली साहित्यकार सहभागी बन्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष प्रकाश पौडेलले प्रविधिको उच्च प्रयोग गर्दै संसारभरी छरिएका भाषा साहित्यका पारखीलाई एकताबद्ध गर्न केन्द्रित भएको बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अतिआवश्यक रहेको बताउनुभयो । समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यको पाइला जहाँको त्यही रहेको तर्क गर्नुभयो । ‘हाम्रो पाइला जहाँको त्यही छ । उत्कृष्ट कृति कहिले पहिचान गर्ने, अनुवाद कहिले गर्ने’, उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय साहित्य बजारमा कहिले लैजाने, अब ढिलाइ गर्न हुदैन ।’ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले नेपालको पहिलो पटक नेपाली साहित्यको वृहत् शब्दकोष तयार भएको बताउनुभयो । उहाँले ५ भागमा निस्कने साहित्य शब्दकोषले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने बताउनुभयो । उहाँले विदेशमा छरिएका रहेका सबै साहित्यलाई समेट्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

उहाँले नेपाली साहित्यको विदेशी भाषामा अनुवादलगायतका गतिविधि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकारले कविता, हाइकु, गजल वाचन गर्नुभएको थियो । साहित्यकार गणेश शर्मा पौडेल चन्दनको ‘म जन्मिएको धर्ती’ गजल संग्रहको लोकापर्ण गरिएको छ । कालिका ६ मिरमिरे खोलेसिमलका चन्दनको यो आठौँ कृति हो । साहित्यकार गोविन्दराज विनोदी, गौरी तमु, उषा शेरचन, विजय हितान, डा. सनतकुमार वस्ती, विनिता क्षेत्री, पुष्पअधिकारी अञ्जली, नवसापकोटा, छत्रमान सुब्बा, निता गुरुङ, आरती ठकुरी, जगन्नाथ पण्डित, निलिमा आचार्य लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका