जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • चितवनमा भोलि (शनिबार) विहानैदेखि विद्युत कटौती हुने

चितवनमा भोलि (शनिबार) विहानैदेखि विद्युत कटौती हुने

चितवन, असोज १६–

चितवनमा भोलि (शनिबार) विहानैदेखि विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले भोलि जिल्लाभर नै विद्युत् कटौती गर्न लागेको हो ।

भरतपुर बाइपास सडक खण्डका विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको विद्युत् प्राधिकरण भरतपुर वितरणका केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिए ।

प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगतका स्थानहरुमा विहान ७ बजेदेखि दिउँसो १ बजे, भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरगत विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगतका क्षेत्रहरुमा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणका प्रमुख महतोले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका