जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • चितवनकी शोभालाई ५० हजार डलरको प्रतिष्ठित फेलोसिप, बैँकको जागिर छाडेर वैज्ञानिक

चितवनकी शोभालाई ५० हजार डलरको प्रतिष्ठित फेलोसिप, बैँकको जागिर छाडेर वैज्ञानिक

चितवन, असोज १४-

भरतपुर महानगरपालिका–६ गीतानगरकी शोभा पौडेलले युनेस्कोले प्रदान गर्ने प्रतिष्ठित ‘अर्ली करिअर फेलोसिप’ प्राप्त गर्नु भएको छ ।

युनेस्कोअन्तर्गत इटलीमा मुख्यालय रहेको अर्गनाइजेसन अफ विमिन साइन्स इन डेभलपिङ वल्र्ड (ओडब्लूएसडी) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) दिने गर्छ।  भरतपुरको इन्द्रपुरी स्कुलबाट प्राथमिक शिक्षा पूरा गर्नुभएको पौडेलले अरुणोदय कलेजबाट माविदेखि स्नातकसम्मको पढाइ पूरा गर्नुभएको हो । वैज्ञानिक पौडेलले नारायणी अनलाइनसँग भन्नुभयो, ‘पढाइमा म राम्रै विद्यार्थी थिए । विज्ञान पढ्न भरतपुरतिर जाउँ जस्तो पनि लागेको थियो तर सबैको सल्लाहमा सोही कलेजमा व्यवस्थापनमा स्नातक पूरा गरे ।’ गीतानगरबाटै स्नातक तहको पढाइ पूरा गरेपछि उहाँले कीर्तिपुरबाट स्नातकोत्तर तहको पढाइ पूरा गरेपछि नारायणगढको कुमारी बैँकमा काम गर्न थाल्नु भयो ।

सधै मनमा पीएचडी गर्नुपर्छ भन्ने उहाँको मनमा लागि रह्यो जसकै कारणले उहाँ बैँकमा रहँदा बस्दा पनि कसरी कहाँबाट पीएचडी गर्ने भन्ने सोचिरहनु भयो । जब उहाँ बैँकको जागिर छाडेर श्रीमानसँग जापान पुग्नुभयो तब त्यहाँ पीएडीको लागि क्युटो विश्वविद्यालयमा पेस गरेपछि उहाँको प्रस्तावना छनोटमा प¥यो । व्यवस्थापन विषय छाडेर विज्ञानसँग सम्बन्धित वातावरण व्यवस्थापनको विषयमा उहाँले जापानबाट पीएचडी पूरा गर्नुभयो । उहाँले भन्नुभयो, ‘पेटमा आठ महिनाको बच्चा बोकेर पीएचडीको लागि विश्वविद्यालय पुगेको थिए । विश्वविद्यालयका प्राध्यापकहरु दंग परे । जसरी पनि पीएचडी गर्नुपर्छ भन्ने सोचले आराम गर्ने, बस्ने भन्ने नै भएन ।’

डा. पौडेलले सन् २०१८ मा ‘नेपालको गण्डकी जलाधार क्षेत्रको जलबायु मैत्री खेती प्रणालीको लागतलाभ विश्लेषण’ विषयमा फेलोसिप प्राप्त गर्नुभएको हो । उहाँले अहिले सोही विषयमा नवलपरासीको देवचुली र देवदहमा अनुसन्धान गर्दै हुनुहुन्छ । पौडेलले भन्नुभयो, ‘आफू चितवनको कृषक परिवारमा जन्मिएकोले पनि कृषि सम्बन्धी विषयमा अनुसन्धान गर्न रमाइलो लागिरहेको छ । सन् २०२१ को जुलाईसम्ममा अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ । फेलोसिपबाट प्राप्त रकमबाटै नै अनुसन्धानको सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ ।’ उहाँलाई नेपालमै बसेर अनुसन्धान गर्ने चाहना थियो जसकै कारणले उहाँ नेपालकै विषय राखेर अनुसन्धानमा व्यस्त हुनुहुन्छ । ‘साइन्स हब’ नामक अनुसन्धान संस्था खोलेर काम गरिरहनु भएको छ । चितवनकी वैज्ञानिक डा पौडेलले विश्वका विभिन्न विश्वविद्यालय र कार्यक्रमहरुमा आफ्नो ज्ञान र अनुभव आदानप्रदान गरिरहनु भएको छ ।

2 प्रतिक्रिया on “चितवनकी शोभालाई ५० हजार डलरको प्रतिष्ठित फेलोसिप, बैँकको जागिर छाडेर वैज्ञानिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका