जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • आन्तरिक पर्यटकका लागि बबइ रिर्सोटको सस्तो अफर

आन्तरिक पर्यटकका लागि बबइ रिर्सोटको सस्तो अफर

बर्दिया,असोज १२-

मध्य तथा पश्चिम नेपालको पर्यटकीय केन्द्र बर्दियाको ठाकुरद्धारास्थित बबइ रिर्सोटले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले सस्तो अफर सार्वजनिक गरेको छ । ठाकुरद्धारामा ठूलो लगानीमा निर्माण भएको रिर्सोटले काठमाडौं लक्षित गरेर दुइ रात तीन दिनका लागि यस्तो अफर ल्याएको हो । कोरोनाका कारण थला परेको पर्यटनलाई उकास्ने उद्धेश्यले अफर सार्वजनिक गरिएको रिर्सोटका सञ्चालक धर्म घिमिरे बताए ।

घिमिरेका अनुसार उक्त अफर अनुसार १८ हजार ९ सय ९९ रुपैया“ प्रति व्यक्ति खर्च तोकिएको छ । अफरमा काठमाडौं–नेपालगन्ज ओहोरदोहोर हवाइ भाडा समेटिएको छ । त्यसबाहेक रिर्सोटबाट नेपालगन्ज विमानस्थलसम्म गाडीको सुविधा रहेको छ । त्यसैक्रममा पाहुनालाई कर्णाली चिसापानी अवलोकन गराउने घिमिरेले बताए ।

घिमिरेका अनुसार उक्त खर्चमै रिर्सोटमा दुइ रातका लागि डिलक्स कोठा उपलब्ध गराइने छ । साथै बे्रकफाष्ट, एक दिनका लागि बिहान र दुइ छाक बेलुकाको खाना उपलब्ध गराइने छ । ‘बर्दिया निकुञ्जमा आधा दिन जीप सफारी गराइने छ,’घिमिरेले भने, ‘त्यस बाहेक गाँउ अवलोकन, हात्ती प्रजनन केन्द्र र थारु संग्राहलय पनि घुमाइनेछ ।’ यस बाहेक गोही प्रजनन केन्द्र अवलोकन र थारु गाँउ भ्रमण उपलब्ध हुने उनले बताए । यस बाहेक सेवा पनि उपलब्ध रहेको र त्यसका लागि रिर्सोटको शर्त लागू हुने घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका