
सेलिब्रेटी
सुशान्त प्रकरण: दीपिका, श्रद्धा कपूर र सारा अली खानसँग आज एनसीबीले सोधपुछ गर्दै



काठमाडौं, असोज १०-
बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स एंगलबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ गर्दैछ ।
यसअघि शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ भएको थियो।
एनसीबीले करिश्मा प्रकाशसँग शनिबार पनि सोधपुछ गर्न सक्ने बताइएको छ।
यसका साथै एनसीबीले धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रवि प्रसाद तथा अनुभव चोपडासँग पनि सोधपुछ गरेको छ ।
सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछ पछि ब्युरोलाई बलिउडमा लागुऔषधको कनेक्सनबारे पत्ता लागेको थियो।
त्यसयता छानविन गर्नेक्रममा ब्युरोले यी तीनवटै नायिकालाई आज बोलाएको हो। गोवामा रहेकी दीपिका शुक्रबार नै लागुऔषध मामलामा आफ्नो सफाई दिन मुम्बई पुगिसकेकी छिन।