होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नवलपरासीको टुनीखोलाले बगाउँदा एक महिलाको मृत्यु

नवलपरासीको टुनीखोलाले बगाउँदा एक महिलाको मृत्यु

नवलपुर, असोज ६-

यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।

बाख्रा चराएर फर्कने क्रममा देवचुली–१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ । सारुलाई सोमबार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पु¥याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । सारुको शव आज भरतपुर अस्पतालमा शवपरीक्षणपश्चात् परिवारलाई बुझाइएको खाँणले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका