होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • बजाजको चाडपर्व अफर–‘रोजेरै खुसी’

बजाजको चाडपर्व अफर–‘रोजेरै खुसी’

काठमाडौं, असोज ५–

दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।

रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर— रु १०,००० को नगद छुट पाउँन, अथवा ५०५ डाउन पेमेन्टमा ०५ ब्याज वा २०५ डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका