जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • खाल्डोमा डुबेर एक बालकको मृत्यु

खाल्डोमा डुबेर एक बालकको मृत्यु

रौतहट, असोज ३–

मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भिर रहेको छ । वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिनुभयो ।

संोही खाल्डोमा डुबेका छोटेलाल यादवका वर्ष छ का मेघनाथ यादव र वर्ष चारका अमित यादवको विरगंज स्थित अस्पतालमा उपचार भइरहेको छ ।

आज दिउसो तीनै बालक गमहरिया गाँउछेउ शहीद चोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए । स्थानिय र प्रहरीको सहयोगमा उद्धारगरी उपचारका लागि विरगंज लैजाने क्रममा एक बालकको बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका