



काठमाडौँ असोज १-
बहुप्रतिक्षित जनकपुर-जयनगर चल्ने दुईसेट रेल भोलि जनकपुर आइपुग्ने भएको छ । झण्डै ६ महिना अघि नै भारतमा निर्माण भएको दुईसेट रेल बिहारको पटनामा राखिएको थियो । जनकपुर– जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ ।
त्यहाँबाट जनकपुर आइपुग्न ४ घण्टा लाग्ने बताइएको छ ।