जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • कर्णाली प्रदेशमा २८ सङ्क्रमित थपिए

कर्णाली प्रदेशमा २८ सङ्क्रमित थपिए

कर्णाली, भदौ ३०-

कर्णाली प्रदेशमा पुनः आज २८ सङ्क्रमित थपिएका छन् । त्योसँगै कोरोना भाइरसबाट सङक्रमित हुने सङख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक÷एक जना कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो । त्यस्तै, चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा सङक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताउनुभयो । “ सङ्क्रमित हुने र निको हुनेको सङ्ख्यामा त्यति अन्तर छैन”, उहाँले भन्नुभयो ।

त्यसैगरी कर्णालीमा आजै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ३९ रहेको छ । योसँगै यस प्रदेशमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ । हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका