



काठमाडौं, भदौ २९-
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ।
२४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ ।
त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन् ।
डब्लूएचओको रिपोर्टअनुसार भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबै जोड्दा विश्वमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या २ करोड ८० लाख नाघिसकेको डब्लूएचओले जनाएको छ। तीमध्ये लगभग आधा मानिस अमेरिकाका छन् ।
डब्लूएचओका अनुसार सेप्टेम्बेरयता भारतमा कोरोना संक्रमणबाट दैनिक हजारभन्दा बढी मृत्यु भइरहेको छ ।