जोडिनुहोस
  • होमपेज
  • चितवनका साहित्यकार क्षेत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सल्लाहकारमा मनोनित

चितवनका साहित्यकार क्षेत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सल्लाहकारमा मनोनित

चितवन, भदौं २४-

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को सल्लाहकारमा चितवनका साहित्यकार एलबी क्षेत्री मनोनित हुनु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । क्षेत्रीसँगै सल्लाहकारमा निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत ), राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप ) पनि मनोनित हुनु भएको छ । अनेसासको विधान अनुसार दुई वर्षको लागि सात जनासम्म सल्लाहकार मनोनित गर्नसक्ने व्यवस्था रहेको छ ।

विश्वभर नेपाली साहित्यलाई जीवित गर्नको लागि गठन भएको समाजको स्थापना आजभन्दा ३० वर्ष अगाडि अमेरिकामा भएको थियो । यसअघि चितवनका साहित्यकार एलबी क्षेत्री समाजको पश्चिम अष्ट्रेलियाको पर्थ च्याप्टरको सल्लाहकार हुनुहुन्थ्यो ।

२००७ सालमा जन्मिनु भएका क्षेत्रीले २०४५ सालबाट साहित्य क्षेत्रमा आफ्नो लेखन यात्रा सुरु गर्नु भएको थियो । उहाँको तीन कथा संग्रह र एक कविता संग्रह प्रकाशित भइसकेका छन् । चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको पूर्वक्याम्पस प्रमुख समेत भइसक्नुभएको क्षेत्री कविडाँडा साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ । कथा, कविता, निवन्ध लेखनमा साहित्यकार क्षेत्री विगत तीन दशकदेखि सक्रिय हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका