जोडिनुहोस

Banner

चितवन,भदौं ८-

चितवनका चार नगरपालिकाले संयुक्त रुपमा आइसोलेशन निर्माण थरेका छन । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले रत्ननगर नगरपालिका ५ को टरौलीमा संयुक्त रुपमा आइसोलेशन स्थापना गरेका हुन् ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रको भवनलाई आइसोलेशन बनाइएको रत्ननगर नगरपालिका प्रमुख नारायण बनले जानकारी दिनुभयो । तालिम केन्द्रमा ६२ शय्याको आइसोलेशन सुरु गरिएको छ । आवश्यक भए सय जनासम्म राख्न सकिने भौतिक संरचना रहेको नगरपालिका प्रमुख बनले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकालाई यो आइसोलेशनमा राखिनेछ । चार वटा पालिकाले सञ्चालन गरेको आइसोलेशनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताउनुभयो । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेपछि लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरि पालिकाका आइसोलेशनमा राखिने छ ।

यस्तै पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र पीसीआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वाग्मती प्रदेशसँग माग गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *