जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • हरितालिका (तीज) व्रत पारायण गरी समापन

हरितालिका (तीज) व्रत पारायण गरी समापन

काठमाडौं, भदौ ६-

भाद्र शुक्ल तृतीयाका दिन शुक्रबार घर घरमै देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) मनाएका बर्तालुले आज बिहान पारायण गरी व्रत समापन गरेका छन् । शुक्रबार उमामहेश्वरको पूजा आराधना गरी व्रत बसेका बर्तालु महिला, पुरुषले आज बिहान गोदान, पूर्णपात्र दान गरी घरमा गाईको गोबरबाट लोपा मुद्रासहित अगस्त्य ऋषिको प्रतिमा बनाई पूजा आराधना गरेका छन् ।

लोपा मुद्रासहित अगस्त्य ऋषिको पूजापछि शालिग्राम स्नान गरेको जल (चरणोदक) र तुलसी पत्र चढाएर ग्रहण गर्नुलाई व्रत पारायण भनिन्छ । पारायणपछि नै भाद्र शुक्ल तृतीयाका दिन दिनभर निराहार व्रत बसेका बर्तालुले हरितालिका (तीज) व्रत समापन गर्छन् । यो व्रत समापनपछि गणेश चतुर्थीको व्रत बस्नेले मध्याह्न कालमा गणेश भगवान्को पूजा आराधना गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको विश्वासमा हरितालिका (तीज) व्रतको शुरुआत भएको धार्मिक विश्वास छ ।

भाद्र शुक्ल द्वितीयाको राति दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका (तीज) व्रत, चौथीका दिन हरितालिका व्रतको पारायणपछि गणेश भगवान्को पूजा आराधना र पञ्चमीका दिन ३६५ दत्तीवनले स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेपछि चार दिने तीज समापन हुन्छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका