जोडिनुहोस
  • होमपेज
  • गायक शिव परियारको म्युजिक भिडियो ‘लौ न बोलिदेऊ’ सार्वजनिक

गायक शिव परियारको म्युजिक भिडियो ‘लौ न बोलिदेऊ’ सार्वजनिक

चितवन, भदौं ४-

कवि तथा सञ्चारकर्मी सुनिता खनालको शब्दमा शिव परियारको स्वर रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ ।

वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन र एचबीएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो ‘१डिबी एचडी’ मा तयार गरिएको हो ।

संगीतकार सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए ।
गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।
‘लौ न बोलिदेऊ’ गीत गायक परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका