जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७

युरिया मलको अभाव यथावत

विराटनगर, भदौ २-

यसवर्ष धान रोपाईँ गएका वर्षहरु भन्दा धेरै राम्रो भएपनि किसानले रासायनिक मल युरिया पाउन सकेको छैन । किसानले आफ्नो प्रयासमा भारतबाट युरिया मल ल्याउँदा सुनसरीका सीतागञ्ज शाखा नहरमा प्रहरीहरु बस्ने र उनीहरुले जबरजस्ती पैसा माग्ने गरेको स्थानीय अजित मियाँले जानकारी दिनुभयो ।

किसानले धानलाई पोषण दिने युरिया खेतमा हाल्न नपाउँदा उनीहरु दिनरात मलका लागि छटपटाइरहेका छन् । पूर्व क्षेत्रमा युरिया र डिएपी मल वितरण गर्ने साल्ट टे«ेडिङ र कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरमा युरिया मल छैन । पूर्व क्षेत्रका लागि गएको वर्षमा १५ हजार मेट्रिक टन युरिया मल कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरले किसानलाई उपलब्ध गराएको थियो । मोरङमा मात्रै नौ हजार ६०० मेट्रिकटन युरिया किसानलाई उलब्ध भएको थियो । अहिले किसानलाई युरिया मल चाहिएको छ तर मल छैन र आउने टुङ्गो पनि नरहेको कृषि सामग्री कम्पनि लिमिटेडका निमित्त कार्यालय प्रमुख नवरत्न सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी, साल्ट टे«ेडिङ विराटनगरमा पनि युरिया मल नरहेको तर डिएपी मल तीन हजार ९०० मेट्रिकटन मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो । उहाँले साल्ट टे«ेडिङलाई भोलिसम्ममा पाँच हजार ६६० मेट्रिक टन प्राप्त हुने जानकारी पनि दिनुभयो । अहिले आउने युरिया मल साउनको २१ गतेभन्दा पहिले नै आइसक्नु पर्ने तर मल आउन सकेन, अहिले सो मल विराटनगर भन्सारसम्म आइसकेको सूचना प्राप्त भएकाले नै भोलि वा पर्सिसम्म सो परिमाणमा युरिया मल प्राप्त हुने प्रमुख चौधरीले जानकारी दिनुभयो । एक हेक्टर जग्गामा दुईदेखि तीन बोरा युरिया मल आवश्यक पर्ने कृषि विकास निर्देशनालयले जनाएको छ ।

पूर्व क्षेत्रको धान रोपार्इँको हिसाब हेर्दा धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा हो भने यसवर्ष ९५ प्रतिशत रोपार्इँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । यस हिसाबले धानलाई मात्रै १० लाख २२ हजार ४८७ बोरा युरिया आवश्यक पर्ने देखिन्छ । किसानलाई पर्याप्त मल पु¥याउन नसके उत्पादन राम्रो नहुने र किसानमा निराशा बढ्ने समस्यालाई अन्त्य गर्न सरकारले समयमै रासायनिक मलको आपूर्ति वा भण्डारण गर्नु पर्ने किसानहरुको माग छ ।

अहिले किसानले आफ्नो खेतमा मल हाल्न भारतबाट साइकल वा मोटरसाइकलमा खरिद गरेर ल्याउँदा बाटामा रहेका प्रहरी पोष्टका प्रहरीहरुले अनावश्य दुःख दिने प्रति बोरा रु.५०० देखि रु.एक हजार माग्ने गरेको किसानहरुको गुनासो छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका