aroma
जोडिनुहोस
  • होमपेज
  • सुशान्तका प्रशंसकको आक्रोश ‘सडक दुई’मा, ५४ लाख डिसलाइक

सुशान्तका प्रशंसकको आक्रोश ‘सडक दुई’मा, ५४ लाख डिसलाइक

काठमाडौँ, साउन २९-

दिवंगत अभिनेता सुशान्तसिंह राजपुका प्रशंसकहरुले उनको मृत्युको खबरलाई आजसम्म पनि स्विकार्न तयार छैनन् । उनको मृत्युले ब्युँताएको नेपोटिजम, ग्रुपिज्म, इनसाइडर र आउटसाइडरको विषयले चर्काचर्की पाइरहेको छ ।

नेपोटिजमको चर्को मूल्य व्यहोर्ने नायिका बनेकी छन् बलिउड अभिनेत्री आलिया भट्ट । उनी अभिनित थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् ।

तथापि, अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिजमको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको हो । यतिबेला उनलाई थुप्रै दर्शकले बहिष्कारको अभियान चलाएका छन् । त्यसको उदाहरण हो, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलर ।

उक्त ट्रेलरमा आएको ‘डिसलाइक’लाई हेर्दा लाग्छ, युट्युवको इतिहासमै सबैभन्दा बढी ‘डिसलाइक’ आएको भिडियो नै त्यही हो । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।

यो फिल्म अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएको २ दिन नवित्दै यसलाई ३ लाख बढीले लाइक गरेका छन् भने, ५४ लाख बढीले डिसलाइक गरेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका