जोडिनुहोस
  • होमपेज
  • चितवनमा ६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवनमा ६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवन, साउन २८–

चितवनमा आज (बुधबार) ६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बुधबार) गरिएको परीक्षणमा राप्ती नगरपालिका–६ मा रहेको ३ नम्बर बाहिनी विपद् व्यवस्थापन गण भण्डारामा कार्यरत ६ जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनका अनुसार ३ नम्बर प्रदेश र अन्य छिमेकी प्रदेशका सीमानामा सुरक्षामा खटिएर फर्किएका ६ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अहिले गणमै रहेका छन् ।

उनीहरुलाई सोही गणभित्र आइसोलेसनमा राख्ने तयारी भइरहेको न्यौपानेले जानकारी दिए । यसअघि मंगलबार गरिएको परीक्षणमा सोही गणमा रहेका २ जनालाई पनि संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

आज ६ जनालाई पुष्टि भएसंगै चितवनमा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ८ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका