



एजेन्सी, साउन २८–
बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर भएको छ । उनी तेस्रो तहको क्यान्सरसँग जुधिरहेका छन् ।
उनाई फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको जमिर उत्तर प्रदेशस्थित लिलावती अस्पतालले पुष्टि गरेको छ । श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघि उनी सो अस्पतालमा भर्ना भएका थिए ।
स्रोतकाअनुसार उनी उपचारका लागि अमेरिका जाने तयारी गरिरहेका छन् । तर, सञ्जयले यस विषयमा बोलेका छैनन् ।
कोरोनाको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ । दुई दिन अस्पताल बसेर अहिले उनी डिस्चार्ज भएका छन् ।