



काठमाडौं, साउन २६–
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ गतेपछि मात्रै खोल्ने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषदको बसेको बैठकले १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । यसअघि कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले १५ सम्म नखोल्न सरकारलाई सिफारिस गरेको थियो ।
दिनप्रतिदिन समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
यस्तै सरकारले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।