जोडिनुहोस
  • होमपेज
  • नवलपरासीमा २५ औं सामुदायिक वन दिवस मनाइयो

नवलपरासीमा २५ औं सामुदायिक वन दिवस मनाइयो

नवलपरासी, साउन २६-

२५ औं सामुदायिक वन दिवसको अवसरमा सोमबार नवलपरासीका विभिन्न ठाउँमा सामुदायिक वन र वन सँग आवद्ध संघसंस्थाहरुले विविध कार्यक्रम गरी मनाएका छन् ।

‘समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान’ भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता माहासंघ नेपाल, स्थानीय माहासंघ बर्दघाट नगरपालिका र चिसापानी सामुदायिक वन उभोक्ता समूह बर्दघाट–२ को संयुक्त आयोजनामा आइतबार चिसापानी वन क्षेत्र भित्र जडिवुटीका विरुवा वृक्षरोपण भएको छ । कार्यक्रममा चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा बर्दघाट वडा नं २ की वडा अध्यक्ष दया दर्लामी र सामुदायिक वन उपभोक्ता माहासंघका जिल्ला अध्यक्ष कमल परियारले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा दर्लामीले सामुदायिक वनहरुले समुदायमा आयआर्जन कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँदै यस क्षेत्रमा रहेको चिसापानी वनले प्रभावकारी कार्यहरु गरिरहेको हुँदा आफूले आफ्नो वडाबाट वन र नर्सरी ब्यवस्थापनका लागि रकम विनियोजन गरेको र आगामी दिनमा समेत आफ्नो सहयोग रहिरहने बताउनुभयो । .

त्यस्तै कार्यक्रममा परियारले सामुदायिक वनहरुको योगदानका कारण देशमा आमूल परिर्वतन आएको र नेपालमा २२ हजार बढी सामुदायिक वनहरु रहेकोले सबै सामुदायिक वनमा महिलाहरुलाई आवद्ध गराउँदै उनीहरुको नेतृत्व विकासका साथै आयआर्जन तर्फ जोड्नुपर्ने बताउनु भया ।

उक्त कार्यक्रममा चिसापानी सामुदायिक वनका पदाधिकारी, समाजसेवी, जडीबुटी समूहका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । सो अवसरमा वन क्षेत्र भित्र तेजपत्ता लगायतका जडिबुटीका बिरुवा रोप्नुका साथै गत वर्ष लगाइएका बिरुवाहरुलाई गोडमेल र झाडी सरसफाइसमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका