जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • दुर्घटनामा साइकलयात्रीको मृत्यु, डुबेर बालकको ज्यान गयो

दुर्घटनामा साइकलयात्रीको मृत्यु, डुबेर बालकको ज्यान गयो

राजविराज, साउन २४-

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट आज सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डुबेर एकजना बालकको समेत मृत्यु भएको छ । स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । घर नजीकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डुबेको स्थानीयवासीले बताएका छन् । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिँह अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका