जोडिनुहोस
  • होमपेज
  • कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिनु : बोर्ड

कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिनु : बोर्ड

काठमाडौं, साउन २३-

नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ ।

बोर्डद्वारा जारी सूचनामा भनिएको छ ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ ।

कोभिड-११ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व परीक्षा दिइसक्नु कार्यविधिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका