जोडिनुहोस
  • होमपेज
  • थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज

थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज

काठमाडौं, साउन १४-

नेपालमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार उक्त संख्यामा संक्रमित थपिएको बताएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने संख्या १४ हजार २१ जना पुगेको उनले जानकारी दिए।

हालसम्म सक्रिय संक्रमित ५ हजार २ सय ३ जना रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका