जोडिनुहोस
  • होमपेज
  • प्रहरी प्रधान कार्यालयका थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

प्रहरी प्रधान कार्यालयका थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १३-

नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डिआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेको जनाए। अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको छ।

आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका